प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहीबार बस्ने भएको छ ।
काठमाडौं । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहीबार बस्ने भएको छ । सोही बैठक बिहीबार बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो ।
बिहीबारको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि चालु आर्थिक वर्षमा विनियोजित बजेट, कार्यक्रमको हालसम्मको प्रगति, कार्यान्वयनको अवस्थाका र मन्त्रालयबाट भए गरेका कामकारबाहीका सम्बन्धमा मन्त्रीसँग जानकारी लिने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।