नेपालमा ढुक्क भएर लगानी गर्न लगानीकर्तालाई मन्त्री चौधरीको आह्वान
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले नेपालमा लगानीको सम्भावना भएको र लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आह्वान गर्नुभएको छ।
आइतबारदेखि शुरु भएको तेस्रो लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो आह्वान गर्नुभएको हो । सरकारले लगानीमैत्री वातावरण निर्माणका लागि काम गरिरहेको उहाँको भनाइ छ । लगानी सम्मेलनमार्फत आवश्यक लगानी आकर्षित गर्नका लागि सरकारले विभिन्न ऐन संशोधन समेत गरेको पनि उहाँले उल्लेख गर्नुभयो ।
सरकारले पनि लगानी बढाउनका लागि सोही अनुसारको वातावरण तयार गरिदिनुपर्नेमा उहाँको जोड छ । लगानीका दृष्टिले नेपाल सम्भावना युक्त देश भएको, कानूनी-भौगोलिक र रणनीतिक हिसाबले पनि उचित भएको मन्त्री चौधरीले बताउनुभयो ।