एमालेका अध्यक्ष ओलीले हामीलाई हेप्ने काम मात्रै गर्छन्: अध्यक्ष नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीको काम नै आफूहरूलाई हेप्ने भएको बताउनुभएको छ ।
मकवानपुर पार्टी कमिटीको जिल्ला अधिवेशनमा शनिबार सम्बोधन गर्दै उहाँले एमाले अध्यक्ष ओलीप्रति लक्षित गर्दै यस्तो बताउनुभएको हो । अध्यक्ष आलीको काम नै हेप्ने भएको बताउदै अध्यक्ष नेपालले तर उहाँले झैं आफूहरूले कसैलाई चिढ्याउन नसक्ने बताउनुभयो ।
‘त्यही अहंकारकै कारण २०७४ सालको चुनावमा तत्कालीन एमालेले पाएको २ तिहाइ मत सदुपयोग हुन नसकेको र संस्कार राम्रो नभएरै बिग्रिएको उहाँको दावी छ । देशमा प्रतिगामी र दक्षिणपन्थी शक्ति सक्रिय हुन थालेको दावी गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी सरकार फेरबदलको बारेमा चिन्तित नरहेको पनि बताउनुभयो ।