इलाम-२ उपनिर्वाचन अपडेट: एमालेका उम्मेदवार सुहाङको अग्रता कायमै, कांग्रेसका खड्काले पछ्याउँदै
काठमाडौं । इलाम-२ को प्रतिनिधिसभा सदस्य चयनका लागि शनिबार सम्पन्न भएको उपनिर्वाचनको मतगणना सोमबार पनि जारी रहेको छ ।पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राख्नुभएको हो। उहाँले ६ हजार ४ सय ३ मतका साथ अग्रता कायमै राख्नुभएको छ । उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले पछ्याइरहनुभएको हो ।
कांग्रेसका खड्काले ४ हजार ७ सय ८० मत प्राप्त गर्नु भएको छ । एमाले र कांग्रेसका उम्मेदवारको मतान्तर १६ सय २३ रहेको हो ।
तेस्रो स्थानमा रहनु भएका पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ३ हजार १ सय ८८ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले १ हजार मत प्राप्त गर्नुभएको हो ।
सोमबार बिहान ४ बजेसम्म १५ हजार ९ सय ६८ मतगणना भएको छ। जसमध्ये १ सय ८६ मत बदर भएको छ।