इलाम-२ को उपनिर्वाचन अपडेट: एमालेका उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै
काठमाडौं । इलाम-२ को प्रतिनिधिसभा सदस्य चयनका लागि शनिबार सम्पन्न भएको उपनिर्वाचनको मतगणना आइतबार जारी रहेको छ ।
पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ८ सय ८९ मतको अग्रता बनाउनुभएको हो । एमालेका नेम्वाङले ४ हजार ४९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले ३ हजार १ सय ६० मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार डेकन्द्र थेगिमले १ सय ७ सय ३ मत प्राप्त गर्नुभएको हो ।
ताजा मत परिणाम:
सुहाङ नेम्वाङ : ४०४९ (सुर्य)
डम्बर खड्का : ३१६० (रुख)
डकेन्द्र थेगिम : १७०३ (मुडा)