राष्ट्रियसभा सदस्य डा. अञ्जान शाक्यले लिइन् शपथ
काठमाडौं । राष्ट्रिय सभा सदस्य डा.अञ्जान शाक्यले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबाट आइतबार सिंहदरबारमा एक समारोहकाबीच पूर्वराजदुत समेत रहनुभएकी डा. शाक्यले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको हो । शाक्यलाई मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यहि वैशाख ६ गते राष्ट्रिय सभाको सदस्य पदमा मनोनित गर्नुभएको थियो ।
त्यस लगत्तै सांसद शाक्यलाई सांसदको लोगो हस्तातरण गर्दै राष्ट्रिय सभाका अध्यक्ष दाहालले बधाई दिनुभएको थियो । सोही अवसरमा राष्ट्रिय सभाका सांसदहरु र संसद सचिवालयका कर्मचारीहरुले पनि उहाँलाई बधाई दिएका थिए । शपथ ग्रणगलत्तै सांसद शाक्यले देश र जनताको हितमा इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । राष्ट्रिय सभाको गरिमा उँचाइमा पुर्याउन पनि आफूले सक्दो पहल गर्ने उहाँको भनाइ छ ।
नेकपा एमाले विदेश विभाग सदस्य शाक्यले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा राष्ट्रिय योजना आयोगको सदस्यको जिम्मेवारी समेत पाउनुभएको थियो ।