आम जनता र समाजवादी जनएकता पार्टीबीच आज एकता
काठमाडौं । आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच शनिबार एकता भएको छ ।
शनिबार एक औपचारिक कार्यक्रमकाबीच २ वटा पार्टीबीच एकता भएको हो । एकतापछि पार्टीको नाम आम जनता पार्टी र प्रभु साहले नै नेतृत्व गर्ने जनाइएको छ ।
आजपाका अध्यक्ष प्रभु साह र समाजवादी जनएकता पार्टी नेपालका संयोजक नारायण श्रेष्ठले शनिबार एकताको आधारपत्रमा हस्ताक्षर गरेका हुन् ।