नाउपाका संरक्षक रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्च अदालतको आदेश
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नाउपा का संरक्षक रेशमलाल चौधरीले नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ र निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको मुद्दामा मिसिल झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
रेशमले दायर गरेको मुद्दामाथि शुक्रबार सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीशद्धय बालकृष्ण ढकाल र विनोद शर्माको संयुक्त इजलासले सोही आदेश जारी गरेको हो । टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका रेशमलाई आयोगले वैधानिकता दिन अस्वीकार गरेको थियो ।
आयोगले अध्यक्षमा रन्जितालाई नै सदर गरेपछि रेशमले आयोग र रन्जितालाई विपक्ष बनाएर उत्प्रेषणको आदेश जारी गरिपाऊ भनेर रिट दायर गरेका थिए ।