इलाम-२ को उपनिर्वाचन अपडेट: एमालेका उम्मेदवार सुहाङ नेम्वाङले लिए अग्रता
काठमाडौं । इलाम–२ को उपनिर्वाचको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिनुभएको छ ।
फाकफोकथुम गाउँपालिकाको ४ वटा वडाको मतगणना हुँदा नेम्वाङले २ हजार ५ सय ४२ मत प्राप्त गर्नुभएको हो । वडा नम्बर ३ को मतगणना हुँदासम्म पहिलो स्थानमा रहनुभएका नेपाली कांग्रेसका उम्मेदवार खड्का ३ सय ४५ मत भन्दा बढीले पछाडि पर्नुभएको छ ।
उहाँले २ हजार १ सय ९७ मत प्राप्ता गर्नुभएको हो । त्यस्तै, पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ५ सय ९३ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ३ सय ७९ मत प्राप्त गर्नुभएको छ ।