एमाले गोरखामा पृथ्वी सुब्बा गुरुङ निकट सुरेन्द्र बहादुर थापा प्यानलै सहित निर्वाचित
नेकपा एमाले गोरखा जिल्लाको आठौँ अधिवेशनबाट सुरेन्द्र बहादुर थापा निर्वाचित भएका छन् । नेतृत्वको लागि प्यानलैसहित चुनावमा होमिएका पूर्व मुख्यमन्त्री तथा एमाले उपमासचिव पृथ्वी सुब्बा गुरुङ निकट मानिने उमेदवारहरु अध्यक्ष सुरेन्द्र बहादुर थापा उपाध्यक्ष मेनबहादुर अधिकारी, सचिवमा काजीराम रोका, उपसचिवमा मनोजकुमार जोशी र महिला उपसचिवमा शान्ती चापागाइँ लगायत प्यानलै निर्वाचित भएका छन् ।
अन्तिम मत परिणाम अनुसार अध्यक्षमा सुरेन्द्रबहादुर थापाले २८० मत र उनको प्रतिस्पर्धी कृष्ण नेपालले २०५ मत ल्याएका थिए । उपाध्यक्षमा मेनबहादुर अधिकारीले २७० कमल दानीले १२१ र कृष्ण काप्रीले ७१ मत ल्याएका थिए । सचिवमा काजीराम रोकाले २५३, उपेन्द्र देवकोटाले १०५ मत ल्याए त्यसैगरी उपसचिवमा मनोज जोशी २६५, विष्णु पन्त ११४, सञ्जित श्रेष्ठले १६५ मत प्राप्त गरेका थिए । महिला उपसचिवमा शान्ती चापागाइँले २२०, नानीमाया थापा १५० मत ल्याएका थिए । खुल्ला सदस्य तर्फ नेपाल ट्रेड युनियन महासंघ जिफन्ट गोरखाका अध्यक्ष सुमन श्रेष्ठले २५४ मत ल्याई विजय भए । त्यसैगरी प्रविन अधिकारी १९३, दिपक अधिकारी १९०, मिन बहादुर १८३, कृष्ण कुवर १७२ र योगेन्द्र गुरुङ १७१ ल्याइ विजय भएका थिए ।
उत्पिडित तर्फ सुरेश सुनुवार २४९, सुवास शिर्मल २४३ मत सहित निर्वाचित भएका छन् । त्यसैगरी युवा तर्फ अमिर थापा १९० मत र राजेन्द्र वयलकोटी १९४ मत सहित निर्वाचित भएका छन् । अपाङ्गमा नवराज अधिकार निर्वाचित भएका छन् । राजिव गुरुङ, गणेश खत्री, किरण ढकाल, हिरालाल गुरुङ निर्विरोध लगायतका सदस्यहरु निर्वाचित भएका थिए ।
तीन दिन सम्म चलेको अधिवेशनमा पृथ्वी सुब्बा गुरुङ र खगराज अधिकारी निकट प्यानलै बनाएर चुनावी मैदानमा होमाएका थिए । अधिकारी गुटका उमेदवारहरु अध्यक्ष कृष्ण नेपाली, उपाध्यक्ष कमल दानी, सचिव उपेन्द देवकोटा, महिला उपसचिव नानुमाया थापा मगर, लगायत प्यानलै पराजित भएका छन् । निर्वाचित हुने सम्पूर्ण अधिकांश टिम उपमासचिव पृथ्वी सुब्बा गुरुङ निकट मानिन्छ ।