फागुन १ गते जनयुद्ध दिवस मनाउने प्रस्ताव पेस गर्न सरकारलाई एमालेको चुनौती
नेकपा एमालेले फागुन १ गतेलाई जनयुद्ध दिवस मनाउने प्रस्ताव संसदमा पेस गर्न सरकारलाई चुनौती दिएको छ।
प्रतिनिधिसभाको बिहिबारको बैठकलाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले जनयुद्ध दिवस मनाउने निर्णय गरेर गठबन्धन बनेको र कांग्रेस पनि त्यसैमा सहभागी भएको टिप्पणी गरे।
‘हिंसा सुरू भएको दिनलाई जनयुद्ध दिवस मानेर विदा दिने निर्णय सरकारबाट भएको छ, कांग्रेस त्यसैमा सहभागी छ,’ पौडेलले भने, ‘यदि यो सरकारसँग आँट छ भने जनयुद्ध दिवस मनाउने प्रस्ताव संसदमा लिएर आओस् त्यसको निर्णय जनप्रतिनिधिले गर्छन्,हामीले गर्छौं।’
उनले संसदले गर्ने निर्णय मान्न सरकार तयार हुनुपर्ने बताए।