अमेरिका र चीन भ्रमणबारे नेतालाई प्रचण्डको ब्रिफिङ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्र सङ्घ र चीन भ्रमणबारे जानकारी गराउन पार्टी नेताहरूलाई बालुवाटार बोलाएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड भदौ अन्तिम साता संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन न्युर्योक हुँदै चीन भ्रमण गरेर असोज १३ गते स्वदेश फर्किएका थिए । प्रचण्डले दुई देशको भ्रमण र नेपाललाई अन्तर्राष्ट्रिय समुदायले हेर्ने दृष्टिकोणबारे ब्रिफिङ भ्रमणबारे नेताहरूलाई जानकारी दिन बालुवाटार बोलाएका हुन् ।
‘उपलब्ध पदाधिकारी र पूर्व पदाधिकारीहरूलाई भ्रमणको ब्रिफिङका लागि बोलाउनुभएको हो’, प्रचण्डको सचिवालयले भन्यो,‘औपचारिक बैठक भने होइन ।’
प्रचण्डका प्रेस संयोजक सूर्य किरणले प्रधानमन्त्री निवास बालुवाटारमा नेताहरुबीच छलफल चलिरहेको जानकारी दिए ।