यी हुन् विश्वकप क्रिकेटमा सर्वाधिक विकेतरुण दलका अध्यक्षले २० महिनापछि शपथ लिँदै, केन्द्रीय सदस्यले आइतबार लिनेट लिने बलरहरू
नेपाली कांग्रेसको युवा सङ्गठन नेपाल तरुण दलका केन्द्रीय सदस्यको तीन महिनापछि हुँदैछ । कांग्रेस सभापति शेरबहादुर देउवाले असार १३ गते विद्धान गुरुङ नेतृत्वको कार्यसमितिमा ४ सय सदस्य मनोनीत गरेका थिए ।
देउवाले २०८९ चैत ९ मा तरुण दलको अध्यक्षमा गुरुङलाई नियुक्त गरेका थिए । गुरुङले पनि अध्यक्ष बनेको २० महिनापछि भोलि देउवा निवास धुम्बाराहीमा शपथ लिँदै छन् ।
६ महिनाभित्र महाधिवेशन गराउने गरी जिम्मेवारी पाएका गुरुङले २० महिनापछि शपथ लिन लागेका छन् । अध्यक्ष गुरुङले आइतबार दिउँसो प्रज्ञा प्रतिष्ठानमा कार्यसमितिका सदस्यहरूलाई शपथ गराउने कार्यक्रम छ ।
गुरुङले भने, ‘ भोलि धुम्बाराहीमा मैले शपथ लिन्छु । त्यसपछि आइतबार दिउँसो मैले कार्यसमितिका सदस्यलाई शपथ गराउँछु ।’ कार्यसमिति सदस्य थप्ने तयारीपछि शपथ ढिलो भएको थियो । ४ सय जनाको शपथपछि २०–२५ जना सदस्य थप्न गुरुङको भनाइ छ ।