७ दिन चलेको कांग्रेस बैठक लाइभ गर्दा कति लाग्यो खर्च?
नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक ७ दिन लाइभ गर्यो।
साउन २ गतेदेखि १० गतेसम्म (बीचमा २ दिन रोकिएर) केन्द्रीय समिति बैठक चलेको थियो।
कांग्रेसको आधिकारिक फेसबुकबाट केन्द्रीय समिति बैठक सुरूदेखि निर्णय गर्ने बेलासम्म लाइभ गरिएको थियो।
केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा प्रमुख रहेको सूचना, सञ्चार तथा प्रचार विभागको संयोजनमा बैठक लाइभ गरिएको थियो।
सभापति शेरबहादुर देउवाले बैठक लाइभ गर्न प्राविधिक व्यवस्थापन मिलाउन केन्द्रीय कार्यालय र प्रचार विभागलाई निर्देशन दिएका थिए।
केन्द्रीय सदस्यका अभिव्यक्ति बैठकमा एउटा र सञ्चार माध्यममा अर्कै आउने गरेपछि एकरूपता दिन भन्दै सभापति देउवाले बैठक नै लाइभ प्रसारण गर्ने निर्णय गरेका थिए।
प्रचार विभाग प्रमुख विश्वकर्माका अनुसार तीन वटा क्यामेरा प्रयोग गरिएको हो।
‘तीन वटा क्यामेराले खिचिएको हो,’ प्रचार विभाग प्रमुख विश्वकर्माले भने, ‘पार्टी कार्यालयमा आफ्नै स्टुडियो थियो। जनशक्ति ८ जना परिचालन गरिएको थियो।’