यस्तोछ, आजको मौसम
काठमाडौैं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेकोले आज (शुक्रबार) देशका पहाडी भूभागमा मौसम आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया सफा रहनेछ ।
जल तथा मौसम पूर्वानुमानमहाशाखाको अनुसार, आजकोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ–गर्जन र चट्याङ्ग सहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।
शुक्रबार राती देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
त्यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।