आज आगामी वर्षको बजेट सार्वजनिक हुने
काठमाडौँ । आर्थिक वर्ष २०८०÷८१ को बजेट आज सार्वजनिक हुँदैछ ।
सोमबार बजेट संघीय संसद भवन, बानेश्वरमा बस्ने सङ्घीय संसद्को संयुक्त बैठक मार्फत सार्वजनिक हुन लागेको हो ।
बैठक दिउँसो ४ : १५ बजे बोलाइएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आ.व २०८०÷८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
सरकारले बजेट मार्फत अनावश्यक खर्च कटौतीको नीति अख्तियार गर्ने तयारी गरेसंगै हरेक वर्ष गणतन्त्र दिवसका दिन अर्थात् जेठ १५ गते सरकारले नयाँ बजेट सार्वजनिक गर्दै आएको छ ।