अहिले अर्थतन्त्रमा शिथिलता देखिएको छ : अर्थमन्त्री डा. महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिले अर्थतन्त्रमा शिथिलता देखिएको टिप्पणी गरेका छन् ।
आईतबार बैंक तथा वित्तीय संस्था परिसंघद्वारा काठमाडौंमा आयोजित नेपाल व्यवसाय शिखर सम्मेलन २०८० लाई सम्बोधन गर्दै उनले अर्थतन्त्रमा शिथिलता देखिएका कारण धेरै लचिलो मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउनु पर्ने बताएका हुन् । ।
उनले भने ‘अर्थतन्त्रमा शिथिलता देखिएको छ । आज देखिएको समस्या समाधान वित्त नीति भन्दा पनि मौद्रिक नीतिले गर्न सक्छ । अहिले हामीसँग फिस्कल स्पेस छैन । फिस्कल स्पेस पनि बढाउनु पर्छ । तर, अहिले मनिटरी स्पेसमार्फत अर्थतन्त्र चलायमान हुन सक्छ । राष्ट्र बैंकका अधिकारीहरुले यो महिनाको अन्त्यसम्ममा मौद्रिक नीतिको समीक्षामार्फत लचिलो नीति लिने प्रतिबद्धता जनाउनु भएको छ लचिलो मौद्रिक नीति लिँदै मौद्रिक उपकरणमार्फत आर्थिक गतिविधि बढाउनु पर्छ ।’
मन्त्री डा. महतले पूँजी प्रवाहका लागि मौद्रिक नीति छिटो ल्याउन जरुरी रहेको बताए ।
सरकार आफैले सबै कुरा गर्न सम्भव नभएकाले निजी क्षेत्रको सहयोग, बैंकिङ क्षेत्रको सहयोग र सबै क्षेत्रको सहयोगबाट फराकिलो र समावेशी आर्थिक वृद्धि, रोजगारी सिर्जना गर्न सकिने उनको भनाइ छ ।