बुद्धम शरणम गच्छामी : २५६७ औं बुद्ध जयन्ती श्रद्धा भक्तिपूर्वक देशभर मनाइदै (तस्बीर )
काठमाडौं ः २५६७ औं बुद्ध जयन्ती आज देशभर श्रद्धा भक्तिपूवर्क मनाइदैछ । बुद्ध जन्मस्थल लुम्बिनीमा विहानैदेखि विशेष कार्यक्रम भइरहेको छ । सरकारकोतर्पmबाट मनाइने बुद्ध जयन्ती कार्यक्रमलाई लुम्बिनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका छन् ।
२५६७ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका अवसरमा शुक्रबार लुम्बिनीमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले लुम्बिनीको विकासका लागि सरकारले अब ठोस योजनाका साथ अघि बढाउने बताए ।
्यस्तै काठमाडौंको बौद्ध, स्वयम्भू,्चावहिलसहित देशभरका बौद्ध गुम्बाहरुमा श्रद्धा भक्तिपूर्वक २५६७ औं बुद्ध जयन्ती श्रद्धा भक्तिपूर्वक मनाइदैछ ।
भगवान गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको आजको दिनलाई त्रिसंयोग दिवसका रुपमा पनि मनाउने गरिदै आएको छ ।