अर्थमन्त्री अनुपस्थित भएको भन्दै एमालेद्वारा राष्ट्रिय सभा बैठकमा अवरोध
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले राष्ट्रिय सभाको बैठकमा अवरोध गरेको छ ।
जरूरी सार्वजनिक महत्वको प्रस्तावको छलफलमा अर्थमन्त्री डा. प्रकाशशरण महत कककककअनुपस्थित भएको भन्दै एमालेले बैठकमा विरोध जनाएको हो । एमालेको विरोधपछि बैठक १४ मिनेटका लागि स्थगित भएको थियो ।
एमाले सांसद भैरवसुन्दर श्रेष्ठले अर्थमन्त्री महत उपस्थित नभए छलफलमा सहभागी नहुने बताएका थिए ।
श्रेष्ठले भने ‘खेलाँची गरे जस्तो भयो। संसदको गरिमालाई होच्याउने काम गरियो । देशको अर्थतन्त्रसँग सम्बन्धित प्रस्तावको छलफल भौतिक रूपमा उपस्थित भएर सुन्नुपर्छ।’
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले सरकारका अन्य मन्त्री उपस्थित भएको र अर्थ मन्त्रालयका कर्मचारीको टिपोटका आधारमा अर्थमन्त्रीले जवाफ दिने बताए पनि एमाले सांसदहरूले भौतिक रुपमा उपस्थित हुनुपर्ने बताए ।
राष्ट्रिय सभामा मदनकुमारी शाह प्रस्तावक रहेको सुदृढ अर्थतन्त्र निर्माणका लागि नीति निर्माणसम्बन्धी प्रस्ताव माथि छलफल राखिएको थियो ।