६१ वर्षपछि फर्किएको उपाधि
मोरङको घरेलु फुटबल क्लबको वर्षौंदेखिको तपस्या पूरा भएको छ । २०१९ सालमा भएको महेन्द्र गोल्डकपको उपाधि त्यसबेला तत्कालीन मोरङ–११ ले जितेको थियो । त्यसपछि घरेलु टिमले अहिलेसम्म उपाधि जित्न सकेको थिएन । तर बिहीबार राति भारतको लुका सकरलाई हराउँदै विराटनगर सिटी एफसीले विराट गोल्डकपको उपाधि जित्यो ।
शहीद रंगशालामा भएको फाइनलमा भारतीय क्लब लुका सकरलाई ४–० गोलले पराजित गर्दै विराटनगरले उपाधि घरमै राख्न सफल भयो । यसअघि विक्रम संवत् २०१८ सालमा तत्कालिन महेन्द्र गोल्डकपमा घरेलु टिम मोरङ ११ पहिलो पटक उपविजेता भएको थियो । त्यसको एक वर्षपछि मोरङ ११ ले उपाधि पहिलो पटक जित्न सफल भएको थियो ।