सत्ता साझेदार ५ दलका शीर्ष नेताबीच बालुवाटारमा छलफल
बालुवाटारमा सत्ता साझेदार दलहरूको बैठक बसेको छ।
बुधबार अपरान्ह प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सत्ता साझेदार दलहरूको शीर्ष नेताहरूको बैठक बसेको हो।
बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन्।
न्यूनतम साझा कार्यक्रम ल्याउने, समसामयिक राजनीतिलगायत विषयमा उनीहरूबीच छलफल भएको हो।
प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन्। मन्त्रिमण्डल विस्तार पनि हुन सकेको छैन। कसले कुन मन्त्रालय लिने भन्नेबारे पनि छलफल हुने सम्भावना छ।