बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन
बेलायतकी महारानी एलिजावेथ द्वितियाको ९६ वर्षको उमेरमा निधन भएको छ । महारानीको स्कटल्याण्डस्थित बालमोरल दरबारमा निधन भएको हो । केही दिनदेखि चिकित्सकहरुको निगरानीमा रहेकी उनको बिहीबार बिहीबार साँझ ६ः ३० मा निधन भएको बकिङ्घम प्यालेसले पुष्टि गरेको छ । अब उनका ७३ वर्षीय छोरा चार्ल्स बेलायतको नयाँ राजा बन्ने छन् । उनले बेलायतमा ७० वर्षसम्म शासन गरेकी थिइन् ।