अमेरिकाको चर्चित बेड बाथ एण्ड बियोण्डका प्रमुख वित्तीय अधिकारी न्यूयोर्कको १८ तला बरन्डाबाट हाम्फाली आत्महत्या
अमेरिकाको चर्चित बेड बाथ एण्ड बियोण्डका प्रमुख वित्तीय अधिकारी न्यूयोर्कको १८ तला बरन्डाबाट हाम्फाली आत्महत्या गरेका छन् । सन् १९७१ मा स्थापित खुद्रा पसलले अमेरिका,क्यानडा ,मेक्सिको पुर्टोरिको राष्ट्र समेत गरि घरलाई चाहिने तकिया ,सिरक ,ओछ्यान तथा अन्य घरेलु सामाग्रीहरु बिक्रि गर्दछ र आपूर्ति गर्दै आएको छ ।न्यूयोर्कको म्यानह्याटनको एक अग्लो आवासगृहबाट हाम फालेर ज्यान गुमाउने व्यक्तिको न्युयोर्क शहर प्रहरी विभागले गुस्ताभो अर्नाल भएको पुष्टि गरेको छ ।स्रोतले सिएनएन अर्नाललाई बेड बाथ एन्ड बियन्डको प्रमुख वित्तीय अधिकारीलाई बताए भनि समाचारमा जनाएको छ । उनले अग्लो आवासगृहको १८ औं तलाको बार्दली बालकनीबाट हाम फालेर मृत्यु भएको उनीहरुले बताएका छन् ।न्यूयोर्क प्रहरी बिभागले आइतवार एक विज्ञप्ति जारी गर्दै ५२ वर्षीय अर्नाल बेहोश र अनुत्तरदायी अवस्थामा ट्रिबेकाको छिमेकमा रहेको आफ्नो ५७ तले गगनचुम्बी भवन बाहिर गत शुक्रबार दिउँसो १२ :३० बजे भेटिएका थिए ।उच्च स्थानबाट खसेको र चोटपटक लागेको आकस्मिक चिकित्सा सेवाले बताएका छन् भने मानिसलाई मृत घोषित गरिएको प्रहरी बताए ।प्रहरी स्रोतले सिएनएनलाई आइतवार अर्नालकी श्रीमतीले उनलाई हाम फालेको देखेकी थिइन् । कुनै मृत्यु सम्बन्धि कुनै टिपोट नभेटिए पनि अपराधिकताको आशंका नगरिएको स्रोतले जनाएको छ ।बिभागले अनुसन्धान जारी रहेको बताएको छ। बेड बाथ एण्ड बियोण्डका प्रवक्ताले यो स्तब्ध पार्ने क्षतिबाट गहिरो दुख व्यक्त गरेका छन् ।मृतक अर्नाल एभन, वालग्रीन्स ,बुट एलायन्स र प्रोक्टर एण्ड ग्याम्बलमा वित्तीयमा आफ्नो पेशा सुरु गरेपछि अर्नलले मे २०२० मा बेड बाथ एन्ड बियन्डमा प्रवेश गरेका थिए ।केही बर्ष देखि सँस्थालाई टाट पल्टिनबाट जोगाउन थुप्रै उपाय गरि रहेको समयमा २० % कर्मचारी कटौती गर्ने गत बुधबार घोषणा गरेको थियो । साथै १५० वटा खुद्रा पसल बन्द गर्ने बताएको थियो ।