स्ट्यान्डिङ क्रिकेट शृंखला भारतले जित्यो
फिजिकल्ली च्यालेन्ज (स्ट्यान्डिङ) टी २० क्रिकेट शृंखला अन्तर्गत दोस्रो खेलमा नेपाल भारतसँग ७७ रनले पराजित भएको छ ।लगातार दुई खेल जित्दै भारतले तीन खेलको शृंखला एक खेल अगावै आफ्नो पक्षमा पारेको छ । पहिलो खेलमा नेपाल ५ रनले पराजित भएको थियो ।
मुलपानी क्रिकेट मैदानमा आइतबार भएको शृंखलाको दोस्रो खेलमा भारतले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले १५।५ ओभरमा सबै विकेट गुमाएर ६८ रन मात्र बनाउन सक्यो । १८ रन अतिरिक्तबाट पाएकव नेपालका लागि विवेक शर्माले ११ रन बनाए भने अन्य खेलाडीले दोहवरो अंकमा रन बनाउन सकेनन् ।नेपाललाई अलआउट गर्न भारतका लागि मनी भन्ननले एक्लै ५ विकेट लिए । सायद शाह अजिजले २ विकेट लिए ।