रेनुलाई ८४८ मतको अग्रता भरतपुरको मेयरमा
चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । मंगलबार रातिसम्म २३ हजार ६८५ मत गणना हुँदा उनले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले भन्दा ८४८ मत बढी ल्याएकी छन् ।दाहालले आठ हजार ३१६ मत पाउँदा सुवेदीले सात हजार ४६८ मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ अधिकारीले तीन हजार ८७६ मत पाएका छन् ।
चितवनमा दाहाललाई नेपाली कांग्रेससहित सत्तारुढ दलको पनि समर्थन छ । त्यस्तै नेकपा एमालेका उम्मेदवार सुवेदीलाई राप्रपाको समर्थन छ ।उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले राप्रपाकी हिमला गुरुङले भन्दा तीन हजार ८२८ मत बढी ल्याएका छन् । अधिकारीले नौ हजार ९८४ ल्याएका छन् भने गुरुङले ६ हजार १५६ मत पाएकी छन्