बायर्नलाई स्तब्ध पार्दै भियारियल १६ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा
सामुएल चुकवसएजेले खेल सकिन दुई मिनेटअघि गोल गरेपछि जर्मन क्लब बायर्न म्युनिखलाई आउट गर्दै स्पेनको भियारियल च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
दुई लेगको क्वाटरफाइनलमा भियारियलले बायर्नलाई २-१ ले हरायो । त्यसमा दोस्रो लेगको अन्तिममा उनै सामुएलले गरेको गोल निर्णायम बन्यो ।
सन् २००६ मा च्याम्पियन्स लिगको सेमिफाइनलमा आर्सनलसँग पराजपत भएयता भियारियल पहिलो पटक सेमिफाइनल पुगेको हो ।
पहिलो लेगमा भियारियलले बायर्नलाई १-० ले हराएको थियो । त्यसबाट उत्साहित बनेको भियारियलले दोस्रो लेगमा बायर्नलाई उसैको मैदानमा १-१ को बराबरीमा रोक्यो ।