खुमलटार आएका शेखरलाई निर्वाचनमा गठबन्धन गर्न प्रचण्डको प्रस्ताव, शेखरद्वारा अस्वीकार
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर काँग्रेस नेता डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न नहुने बताएका छन् ।
बिहीबार ‘प्रचण्ड’ निवास खुमलटार पुगेर नेता कोइरालाले अध्यक्ष ‘प्रचण्ड’लाई वडासम्म गठबन्धन सम्भव नरहेको बताएका थिए ।भेटमा प्रचण्डले ने शेखरलाई ‘स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाऔँ’ भनेपछि कोइरालाले अस्वीकार गरेको बताइएको छ ।
छलफलमा कोइरालाले ‘प्रचण्ड’सामू सबै कुराको छिनोफानो ससदबाटै गर्नु पर्ने सुचारु गर्नु पर्ने र संसादलाई बन्धक बनाउन नहुने धारणा राखेको बताइएको छ ।
उक्त भनाइपछि प्रचण्डले पनि कोइरालालाई स्थानीय निर्वाचनमा गठबन्धन गरौँ भनेर प्रस्ताव गरेका थिए । तर कोइरालाले अस्वीकार गरेका हुन् ।
‘उहाँहरुको भेटमा अध्यक्ष प्रचण्डले स्थानीय चुनावमा गठबन्धन बनाएर जाऔँ भनेर गरेको प्रस्ताव गर्नुभयो । जवाफामा कोइरालाले वडा वडामा गठबन्धन सम्भव छैन,’ कोइरालाको प्रस्तावलाई उदृत गर्दै स्रोतले भन्यो, ‘केन्द्रबाट तोकेर एलाइन्समा चुनाव लड्ने कुरा म अन्तिमसम्म विरोध गर्छु । बरु चुनावपछि सहकार्य गर्न सकिन्छ भन्नुभयो।’
नेता कोइरालाले बुधबार एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए । सरकारले स्थानीय तहको निर्वाचन बैशाख ३० गते मुलकुभर एकैसाथ गर्ने निर्णय गरेको छ ।