काठमाडौंको ढुंगेअड्डामा शंकास्पद वस्तु
काठमाडौंको ढुंगेअड्डामा शंकास्पद बस्तु फेला परेको छ।
कलंकी र ढुंगेअड्डाको बीच सडकमै शंकास्पद वस्तु फेला परेपछि राती २ बजे प्रहरीलाई खबर गरिएको थियो।
प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो। त्यसपछि नेपाली सेनाको टोलीले बिहान उक्त शंकास्पद बस्तुलाई डिस्पोज गरेको प्रहरीले जनाएको छ।
शंकास्पद बस्तु फेला परेपछि काठमाडौं भित्रिने र बाहिरिने सवारी साधन रोकिएका थिए। महानरीय प्रहरी परिसर कार्यालका एसएसपी सुदीप गिरीका अनुसार सेनाको बम डिस्पोजल टोलीले अनुसन्धान गरी निष्कृय पारेर अहिले सडक खुला गरेको छ।