संशोधनबिना एमसिसी संसदबाट पारित गर्न दिन्नौं : झलनाथ खनाल
नेकपा (एकीकृत समाजवादी) का सांसद झलनाथ खनालले एमसिसी सम्झौतालाई संशोधन बिना संसदबाट पारित गर्न नदिने बताएका छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले एमसिसी सम्झौतामा राष्ट्रघात हुने खालको पक्षहरू भएकाले संशोधन नगरी संसदबाट पारित गर्न नदिने बताएका छन्।
एमसिसी सम्झौता केबल करार सम्झौतामात्रै भएकाले नेपालको संसदले अनुमोदन गर्नु आवश्यक नरहेको उनले बताए।
सम्झौतालाई संसदले अनुमोदन गरेमा गलत नजिर बस्ने र नेपालको अन्तर्राष्ट्रिय सम्बन्धहरू नै प्रभावित हुने उनले बताए।