कमल थापाले प्रचण्ड-नेपाललाई भने: दोहोरो चरित्र बन्द गर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल थापा ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई दोहोरो चरित्र बन्द गर्न भनेका छन्।
शुक्रबार उनले सामाजिक सञ्जालमार्फत् प्रचण्ड-नेपाललाई दोहोरो चरित्र बन्द गर्न भनेका हुन्।
‘सडकमा ढुंगामुढा र टायर बाल्ने अनि सत्ताको मोह पनि नछोड्ने दोहोरो चरित्र बन्द गर्नुहोस्,’ उनले लेखेका छन्।
एमसिसी विरूद्धमा भए खुलेर प्रतिवाद गर्न समेत सुझाव दिएका छन्।
कमल थापाले माघ २५ गते आफ्नो गृह जिल्ला हेटौडा पुगेर राप्रपाबाट राजीनामा दिएका थिए। एकता महाधिवेशनमा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजीत भएका थिए।
उनी अहिले राप्रपा नेपालका अध्यक्ष छन्।