काठमाडौं उपत्यकामा २६०७ जना संक्रमित थपिए
काठमाडौं उपत्यकामा शुक्रबार २६०७ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं, भक्तपुर र ललितपुरमा गरी कुल २६०७ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १९१३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ जना रहेका छन् ।