मुस्ताङमा हिउँ पहिरो, केही मानिस घाइते
मुस्ताङमा हिउँ पहिरो गएको छ।
सदरमुकामसँगै जोडिएको थासाङ गाउँपालिका वडा नम्बर २ को माथिल्लो थाप्लामा हिउँ पहिरो गएको हो।
आज बिहान करिब ११ बजेर ४० मिनेटमा धौलागिरि हिमालको रेन्जबाट हिउँ पहिरो गएको हो।
पाँच/छ जना सामान्य घाइते छन्। उनीहरूलाई उपचारका लागि जोमसोम लैजाने तयारी छ। हिउँ पहिरो आएको देखेपछि भाग्दा लडेर उनीहरू घाइते भएका हुन्।