देउवाले पार्टी हाँक्न सक्नुभएन, पौडेलले पनि सक्नुहुन्न: प्रकाशमान सिंह
नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले १४ औं महाधिवेशनमा पार्टी नेतृत्व परिवर्तन हुने बताएका छन्।
कांग्रेसले मंसिर २४ देखि २६ सम्म काठमाडौंमा महाधिवेशन गर्दैछ। सभापति पदमा आफूलाई अगाडि सारेका सिंहले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी चलाउन नसक्ने दाबी गरेका छन्।
‘देउवा चौथो प्रयासमा सभापति हुनुभयो, तर पार्टी हाँक्न सक्नुभएन,’ सिन्धुलीमा आज आयोजित कार्यक्रममा सिंहले भने, ‘नेता तथा कार्यकर्ताले देउवा र पौडेलले पनि पार्टी हाँक्न सक्नुहुन्न भनिरहेका छन्।’ उनले क्रियाशील सदस्यतामा जतिसुकै धाँधली गरे पनि महाधिवेशन प्रतिनिधिहरूले उत्तम नेतृत्व चयन गर्ने विश्वास व्यक्त गरेका छन्।
‘देउवा चौथो प्रयासमा सभापति हुनुभयो, तर पार्टी हाँक्न सक्नुभएन,’ सिन्धुलीमा आज आयोजित कार्यक्रममा सिंहले भने, ‘नेता तथा कार्यकर्ताले देउवा र पौडेलले पनि पार्टी हाँक्न सक्नुहुन्न भनिरहेका छन्।’
उनले क्रियाशील सदस्यतामा जतिसुकै धाँधली गरे पनि महाधिवेशन प्रतिनिधिहरूले उत्तम नेतृत्व चयन गर्ने विश्वास व्यक्त गरेका छन्।