नेपालमा थप ३७७ जनामा कोरोना संक्रमण
नेपालमा थप ३७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ९१४९ जनामा परीक्षण गर्दा ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। ६५०५ जनाको पिसिआर र २६४४ जनाको एन्टिजेन परीक्षण गरेको थियो।
योसँगै नेपालमा अहिले ७४७६ जना सक्रिय संक्रमित छन्। १७० जना संक्रमित मंगलबार निको भएका छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
यस्तै, काठमाडौं उपत्यकामा थप १४५ जना संक्रमित थपिएका छन्। काठमाडौंमा मात्रै १०१, ललितपुरमा ३३ र भक्तपुरमा ११ संक्रमित थपिएका हुन्।