संघीयता खारेजी र धर्म निरपेक्षता बारे जनमत संग्रहको मागबारे भूगोलपार्क डट कमले अनलाइन मत सर्वेक्षण गर्दै
विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षता बारे जनमत संग्रहको माग गर्दै नयाँ दस्तावेज ल्याउनु भएको छ । यसले नेपाली राजनितीमा नयाँ तरंग ल्याएको छ । मिश्रको दस्तावेज प्रतिगमनकारी र पार्टीको आधिकारीक दस्तावेज नभएको भन्दै संयोजक मिलन पाण्डे ,सचिवालय सदस्य केशव दाहाल, डा. राजेन्द्र पंगेनी र रन्जु दर्शनाले अर्काे दस्तावेज ल्याएका छन । यसले विवेकशील साझा पार्टीमा नयाँ वहस सिर्जना भएको छ ।
यहि विषयमा नेपालको पहिलो र एकमात्र मत सर्वेक्षण संस्था भूगोलपार्क डट कमले मत सर्वेक्षण सुरु गरेको छ । यस संस्थाले नेपालमा हालसम्म ८९ वटा राष्ट्रिय एजेन्डामा मत सर्वेक्षणहरु सञ्चालन गरिसकेको छ । भूगोल पार्कले अद्धितीय वैज्ञानिक एल्गोरिदम फर्मुलाको माध्यमबाट डेटाको नतिजा गणना गर्दछ ।
मत सर्वेक्षणमा १ शीर्षक र डेमोग्राफिक्समा ५ प्रशनहरु छन् ।
यी प्रश्नहरु पार्टीमा छलफल विनै रविन्द्र मिश्रले ल्याएको दस्तावेज विवेकशील पार्टीले पास गर्ला,नेपाललाई हिन्दु राज्य बनाउनु पर्ने केही राजावादी र विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रको माग प्रति तपाई सहमत हुनुहुन्छ, जस्ता कुराहरु समेटेका छन् ।
मतदान गर्नको लागी :