राष्ट्रिय सभाका लागि एमालेबाट बादल बने उम्मेदवार
राष्ट्रिय सभाका लागि एमालेबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ उमेदवार बनिनु भएको छ । स्थायी कमिटीको अनौपचारिक बैठकपछि गृहमन्त्री थापा उम्मेदवारी मनोनयनका लागि वागमती प्रदेशको राजधानी हेटौंडा जानुभएको हो ।
गृहमन्त्री बादल एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेल, प्रधानमन्त्रीका कानून विज्ञ बाबुराम दाहाल सहितको टोली लिएर सिम्रिक एयरको हेलिकप्टरमा हेटौंडा गएको बादलका प्रेसविज्ञ किरण भट्टराइले दिनुभयो ।
थापा २०७४ मा तत्कालीन मओवादी केन्द्रबाट उम्मेद्वार बन्नुभएको थियो । नेकपाको एकता भंग भएसँगै बादल एमालेतर्फ लागेपछि माओवादी केन्द्रले बादललाई कारबाही गरेको छ ।
राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेद्वारी दर्ताको समय तोकेको छ ।
उम्मेदवारको नामावली पनि आजै प्रकाशित हुँनेछ ।
माओवादी केन्द्र, कांग्रेससहितका विपक्षी दलले साझा उम्मेदवारका रुपमा डाक्टर खिमलाल देवकोटालाई उठाउने भएका छन् । देवकोटालाई एमालेको माधव नेपाल पक्षको समेत समर्थन रहेको बताइन्छ ।