९ हजार ४८३ जना नयाँ कोरोना संक्रमित थपिए
नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितहरू तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ९ हजार ४८३ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर २१ हजार ३१६ जनाको पीसीआर–एन्टिजेन परीक्षण ९ हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
२० हजार ५९६ जनाको आरटी–पीसीआर परीक्षण र ७ सय २० जनाको एन्टिजेन परीक्षण गर्दा ९ हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा मुलुकभर ९ हजार ४८३ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ४ लाख १३ हजार १११ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २ सय २५ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।