बागलुङकाे व्यस्त बजारमा आगलागी
जिल्ला सदरमुकामको एक पसलमा आगलागी भएको छ ।
बागलुङ नगरपालिका–२ लोकतान्त्रिक चोकमा रहेको श्रेष्ठ हार्डवयरमा आगलागी भएको हो । केही समयअघि मात्रै लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी हुँदा पसलमा भएका सामग्री तथा घरमा भएका सामग्रीहरु जलेट नष्ट भएका छन् । बागलुङ नगरपालिकाको दमकलले आगो नियन्त्रणका लागि प्रयास गरिरहेको भए पनि आगो झनै फैलिँदै गएको छ ।