नारायणी अस्पतालमा ३७ वर्षीय कोरोना संक्रमितको मृत्यु
वीरगंज स्थित नारायणी अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्य भएको छ ।
कामको सिलसिलामा भारतको हैदराबाद बस्दै आएका बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका – ९ छातापिपरा निवासी ३७ वर्षीय संजय कुमार चौधरीको उपचारको क्रममा मंगलबार बिहान ३.३० मृत्यु भएको नारायणी अस्पतालका चिकित्सक डा. निरज सिंहले जानकारी दिए ।
उनका अनुसार भारतको हैदराबाद बस्दै आएका चौधरी होलीको २ दिन अगाडि नेपाल फर्किएका थिए । नेपाल फर्केसँगै एक हप्ता पछि उनको स्वास्थ्य अवस्था बिग्रेपश्चात उपचारको लागि यही चैत २९ गते एडभान्स मेडिकेयर अस्पतालमा भर्ना गरिएको थियो ।
त्यहाँ उपचारको क्रममा उनलाई पिसिआर चेक गर्दा पोजेटिभ देखिएपछि गएराति १२:४५ मा नारायणी अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको डा. सिंहले जानकारी दिए ।