भक्तपुरको सल्लाघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
भक्तपुरको सल्लाघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
शुक्रबार बिहान पौने ११ बजे भक्तपुर नगरपालिका-१ चुनदेवीस्थित अरनिको राजमार्गमा सल्लाघारीबाट सूर्यविनायक जाँदै गरेको प्र-३-०२-००१ प ८२५० नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो।
दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए। घाइते द्वय बाँकेको नेपालगंज घर भई काठमाडौं पुतलीसडक बस्ने २० वर्षीय सुर्य ओली र भोजपुर चौकीडाडा गाउँपालिकाका १८ वर्षीय सुमन गिरीलाई मध्यपुर ठिमी अस्पताल पुर्याइएको थियो।
प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक गिरीका अनुसार उनीहरूलाई प्रहरीकै भ्यानमा अस्पताल पुर्याइएको थियो।