काभ्रेमा स्काभेटरले किच्दा एक निर्माण व्यवसायीको मृत्यु
काभ्रेको दाप्चा खोलामा स्काभेटरले किच्दा एक जनाको मृत्यु भएको छ।
नमोबुद्ध नगरपालिका ७ र ८ सिमानामा पर्ने दाप्चा खोलामा स्काभेटरले किचेर नमोबुद्ध ७ का प्रकाश खनालको मृत्यु जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
खोलाको निर्माणाधीन पुल नजिकै फसेको टिपर निकाल्न गएको स्काभेटरले किच्दा घाइते भएका खनालाई उपचारका लागि आज बिहान धुलिखेल अस्पताल ल्याइएको थियो ।
निर्माण व्यवसायी समेत रहेका खनाललाई अस्पतालले मृत घोषणा गरेको हो ।