उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने २५० सवारी कारबाहीमा
काठमाडौं उपत्यकामा आज बिहान ६ बजेदेखि निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञा जारी भएसँगै उपत्यकामा सुरक्षा कडाई गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । बिहान ६ बजेदेखि १० बजेभित्रमा उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने २५० भन्दा बढी सवारी साधन नियन्त्रणमा लिएको महाशाखाका एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए ।
एसपी अधिकारीका अनुसार निषेधाज्ञा उल्लंघन गरी चलाइएका निजी तथा सार्वजनिक सवारी साधनलाई होल्डिङ सेन्टरमा राखिएको छ । ती सवारी साधन बेलुका ७ बजेपछि छाडिने महाशाखाले जनाएको छ । उपत्यकामा निषेधाज्ञा कार्यान्वयन गर्न एक हजार तीन सयभन्दा बढी प्रहरी परिचालन गरिएको उनले बताए ।