पाल्पामा ३९ परीक्षणमा १९ जनामा कोरोना पुष्टि
पाल्पामा ३९ जनाको परीक्षण गर्दा १९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । भारतबाट फर्किएका १५ र जिल्लाभित्रका ४ जनामा कोरोना पोजेटिभ देखिएको हो । सोमबार र मंगलबार जाँच गर्दा उनीहरुमा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।
तानसेनका ८, रिब्दीकोटका २, बगनासकालीका २, रैनादेवी छहराका ४, पूर्वखोलाका २ र रामपुरका १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको उनले बताए । उनका अनुसार संक्रमित सबै होमआइसोलेसनमा छन् ।