हिउँदे अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय
सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।
वर्षे अधिवेशन बोलाउने बेला भएकाले हिउँदे अधिवेशन अन्त्य गर्नुपरेको बताइएको छ । सरकारको हिउँदे हिउँदे अधिवेशन फागुन २३ देखि सुरु भएको थियो ।