ललितपुरमा सवारी दुर्घटना हुँदा एकको मृत्यु
गोदावारी नगरपालिका-५ लेले खत्रीगाउँस्थित सडकमा बा.२ च ५९४९ नम्बरको पजेरो गाडी सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया जमुनी-१ घर भएका २८ वर्षीय रबि सुनार रहेका छन् ।
दुर्घटनामा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनको बिएण्डबि अस्पताल ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका पजेरो चालक समेत २ जना उपचार पश्चात डिस्चार्ज भएका छन् भने १ जना घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।