डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
डडेल्धुरामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।
परशुराम नगरपालिका-१२ का २० वर्षीय मोटरसाइकल चालक सन्तोष विकको मृत्यु भएको प्रहरीले जनाएको छ।
शुक्रबार जोगबुडा-पन्तुरा सडकखण्डमा से ७ प ८४२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए।
मृतकको शव परीक्षणका लागि जोगबुढा अस्पतालमा राखिएको छ।