चरम पूँजीवाद, आम निरासा र शासकीय व्यवस्था प्रति प्रतिशोध।
नीतिहरु को नितिकालागी मान्छे को विभिन्न समुह बीचको अन्तरसंघर्ष बाट राजनीति जन्मन्छ। राजनीति भित्र नेतृत्व, बाद, विचार र दाउ पेच पूर्ण कार्यले आम जनता लाई राजनीतिका बारेमा सचेतना फैलाउँछ।यस्ता सचेतना नकरात्मक हुन्छ कि सकारात्मक हुन्छ भन्ने कुरा चाहिँ राज्य वा शासकीय स्वरूप अन्तर्गत का विभिन्न संरचना - राष्ट्र को कार्यकारी, कर्मचारी प्रणाली, न्यायपालिका, सुरक्षा निकाय, विश्व विद्यालय, विद्यालय र जनता को सेवाकालागी भनेर स्थापना गरिएका सरकारी अंग का चरित्र ले निर्धारण गर्छ। ती सबै को चरित्र को स्वरूप राजनैतिक पार्टी का नेता र कार्यकर्ता को भिजन, मिसन , काम र संस्कृति ले निर्धारण गर्छ।
तसर्थ राज्यका विभिन्न निकाय अनि ती निकाय माथि प्रभाव र प्रभुत्व जमाउन संघर्षरत राजनीतिक पार्टी का नेता र कर्मचारी तंत्र भित्रको कार्य संस्कृति ले शासकीय स्वरूप प्रति जनता आशावादी हुन्छन की निरास हुन्छन् भन्ने कुरा भर पर्छ। अलिकति समसामयिक राजनैतिक अनुभूति र परिदृश्य को कुरा गर्ने हो भने अहिले को समय भनेको सूचना, ज्ञान र नागरिक स्वतन्त्रता बाट सुसज्जित समय हो। यसकारण ले गर्दा राजनैतिक नेता, प्रशासकिय अधिकारी र राज्यका निकाय को कार्यकारी पदधारी भन्दा आम नागरिक सूचना, ज्ञान र देश प्रति को प्रतिवद्धता मा अगाडि छ।
यद्यपि ति आम नागरिकहरु चुनाव मा मतपेटिका मा आफ्नो मत जाहेर गरिसकेपछि सम्पूर्ण सार्वभौम अधिकार विहिन हुन्छन् र आम जनता बाहेक बाँकी रहेकाहरु सार्वभौम अधिकार को अवछिन्न अधिकारी र प्रयोगकर्ता को रूप मा आफूलाई स्थापित भएको ठानी राज्य सासन र सार्वजानिक सम्पति को प्रयोग गर्छन्, यस स्थिति मा आम जनता वाल्ल परेर हेर्ने सिवाय केही बाँकी रहँदैन। जनता को मत बाट सत्ता मा पुगेका निर्वाचित पदाधिकारी र जनता को कर भुक्तानी बाट सेवा सुविधा उपभोग गरी पाउने नियुक्त प्रशासकिय र कार्यकारी अधिकारीहरूले आफू आफ्ना लागि बाहेक आम आदमी लाई सहयोग पुग्ने निर्णय र आदेश दिन चाहँदैन भन्ने कुरा आम समुदाय मा पर्न गै अहिले हाम्रो देश आम निरासा को चरणमा पुगेको छ।
यस अवस्था मा देशको सार्वभौमिकता माथि विदेशी हरुको कु दृष्टि र सासन व्यवस्था मा जनता को दिक्दारी पन हुन गई राज्य प्रणाली नै असफल हुन्छ। फलस्वरूप राज्य विघटन हुने सम्भावना तिव्र हुन्छ। गत आवधिक आम निर्वाचन मा जनादेश प्राप्त राजनैतिक पार्टी को चरम अन्तरविरोध र विपक्षी पार्ट को चरम अल्छीपन को कारण जनता का लागि उत्कृष्ट संघीय लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्था को अस्तित्व माथि नै संकट आई परेको छ। पार्टी भित्र छलफल र मतिस्क मन्थन भन्दा गुटगत गन्थन ले राष्ट्र मा दीर्घकालीन असर पर्ने निर्णय हरु भएको कारण आम जनता आफूलाई निमुखा र राज्य विहिन ठान्नु पर्ने मनोविज्ञान बाट प्रताडित छन्। राजनैतिक नेतृत्व प्रति विश्वास छैन।
संघीय सासन प्रणाली अन्तर्गत आम जनता ले पाउनु पर्ने सेवा सुविधा प्रति पार्टी नेतृत्वले आवाज उठाउन सकेको छैन। नेतृत्व व्यक्तिवाद र गुटबाद मा कैद भएको छ। जसका कारण नेतृत्व ले जुनसुकै कुरा पनि हठात निर्णय गर्छन। उदाहरणका लागि सार्बभौम विधायन को हठात विघटन र सार्वभौम जनता को मौलिक हक माथि कुठाराघात गर्ने गरी अल्प सूचना मा गरिएको आम हडताल दुवै अविवेकी कदम हुन्। अविवेकी कदम लाई विवेक पूर्ण ढंग ले असहमति जनाउन आम आदमी सजग हुनु पर्दछ। यी समस्या को समाधान के हुन् त ? भन्ने बारेमा आम मानिस ले फेरि पनि सोच्नु पर्ने भयो। यद्यपि आम मान्छे संग दुईओटा मात्र विकल्प हुन्छ।
एक आम चुनाव मा यस्ता नेतृत्व लाई मत नदिने दुई फेरि पनि सडक मा जनआन्दोलन र सत्याग्रह आन्दोलन बाट नेतृत्व विस्थापन गरी शासन प्रणाली बचाउने।