सुनको मूल्य १३ सय रूपैयाँ घट्यो
तीन दिन लगातर उकालो लागेको सुनको मूल्य बिहीबार भने १ हजार ३ सय रूपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९५ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला ९६ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।
बिहीबारको लागि तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रूपैयाँ तोकिएको छ । त्यस्तै बिहीबार चाँदी १० रूपैयाँ घटेर १३ सय ३० रुपैयाँमा काराेबार भइरहेको महासंघले जनाएको छ ।