प्राथमिक शेयरमा नयाँ रेकड बारे भूगोलपार्क डट कमले अनलाइन मत सर्वेक्षण गरेको नतिजा
नेपाल इन्फास्ट्रक्चर बैङ्कको प्राथमिक शेयर(IPO) मा झण्डै पन्ध्रलाख पचास हजार जनाको आवेदन परेको छ । यो अहिले सम्मकै धेरै आवेदन हो । कोरोना महामारी पछि डिम्माट खाता खोल्नेको संख्या पनि हवात्तै बढेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार अहिले दैनिक हजारौको सँख्यामा डिम्माट(Demat) खाता खोलिने गरेको छ।
यसै विषयमा नेपालको पहिलो र एकमात्र मत सर्वेक्षण संस्था भूगोलपार्क डट कमले मत सर्वेक्षण सुरु गरेको छ । यस शीर्षक मा माघ १५ गते मत सुरु गरेको हो। यस संस्थाले नेपालमा हालसम्म ३४ वटा राष्ट्रिय एजेन्डामा मत सर्वेक्षणहरु सञ्चालन गरिसकेको छ । भूगोल पार्कले अद्धितीय वैज्ञानिक एल्गोरिदम फर्मुलाको माध्यमबाट डेटाको नतिजा गणना गर्दछ ।
यी प्रश्नहरुले नेपाल इन्फ्रास्टक्चर बैङकको प्राथमिक शेयरमा हाल सम्मकै बढी आवेदन पर्नुको धारणा, प्राथमिक शेयरमा जस्तो गरि दोस्रो बजारमा पनि लगानी कर्ताको उत्साहजनक उपस्थिति नहुनुको विचार जस्ता कुराहरु समेटेका छन् ।
यही शीर्षकको हालसम्मको मत नतिजा आउन सुरु भएको छ ।
नेपाल इन्फ्रास्टक्चर बैङकको प्राथमिक शेयरमा हाल सम्मकै बढी आवेदन पर्नुलाई तपाई के भन्नुहुन्छ? भनि सोधिएको प्रश्रमा हाल सम्म ५० % प्रतिशतले राम्रो कम्पनी भएकाले बढी लाभ लिन सकिने हुनाले,२० % प्रतिशतले सुचना र प्रविधि माथि जनताको सहज पहुँज हुनाले,२० % प्रतिशतले बैङकको ब्याजदर कम हुनाले,१० % प्रतिशतले होडवाजी भनि अभिमत दिएका छन्।
दिन प्रतिदिन शेयर बजारमा नँया लगानी कर्ताको प्रवेशलाई तपाई कुन रुपमा हेर्नुहुन्छ? भनि सोधिएको प्रश्रमा हाल सम्म ५० % प्रतिशतले यो त राम्रो पक्ष हो, यसले सेयर बजारलाई थप नँया उचाइमा पुप्याउन सहयोग गर्छ,२० % प्रतिशतले यो एक सर्वसाधारण जनतापनि कुनै कम्पनीको मालिक बन्न पाउने सुवर्ण अवसर हो,२० % प्रतिशतले मनग्य आम्दानी हुने भएकाेले,१० % प्रतिशतले अरुको देखासिकी भनि अभिमत दिएका छन्।
प्राथमिक शेयरमा जस्तो गरि दोस्रो बजारमा पनि लगानी कर्ताको उत्साहजनक उपस्थिति नहुनुलाई तपाई कुन अर्थमा लिनुहुन्छ? भनि सोधिएको प्रश्रमा हाल सम्म ८० % प्रतिशतले दोस्रो बजार सम्बन्धी जनतामा यथेष्ट ज्ञान नहुनु,० % प्रतिशतले दोस्रो बजारमा बढी जोखिम हुनु,१० % प्रतिशतले बढी झन्झटिलो,१० % प्रतिशतले माथिका सबै भनि अभिमत दिएका छन्।
तपाईको विचारमा अब आउने नँया साधारण शेयरमा पनि जनताको उलेख्य उपस्थिति रहला? भनि सोधिएको प्रश्रमा हाल सम्म ४० % प्रतिशतले अवश्य रहनेछ,२० % प्रतिशतले कम्पनी कस्तो हो त्यसमा भर पर्नेछ,३० % प्रतिशतले यो भन्दा अझ बढी लगानीकर्ताको आकर्षण हुनेछ,१० % प्रतिशतले पछि नै थाहा होला भनि अभिमत दिएका छन्।
अहिले दोस्रो बजारमा नेप्सेले दिनप्रतिदिन नँया रेकर्ड बनाइराख्नुको कारण के हुन सक्ला? भनि सोधिएको प्रश्रमा हाल सम्म ४० % प्रतिशतले बैंकिङ क्षेत्रमा अधिक तरलता हुनु,१० % प्रतिशतले कोरोना महामारी पछि रोजगारीको अवसर गुम्नु,४० % प्रतिशतले अनलाइन प्रणालीको कारण शेयर कारोवार गर्न सहज हुनु,१० % प्रतिशतले एशियाली शेयर बजारको प्रभाव भनि अभिमत दिएका छन्।
मतदान गर्नको लागी :
https://bhugolpark.com/poll/273