२५ किलो गाँजासहित तीन पक्राउ
मिर्चैया नगरपालिका-९ डाँडागाँउबाट करिब २५ किलो गाँजा प्रहरीले बरामद गरेको छ।
सोही ठाउँका रणबहादुर श्रेष्ठको घरबाट प्रहरीले गाँजा बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल सुरक्षा वेस क्याम्प मिर्चैयाबाट खटिएको संयुक्त टोलीले श्रेष्ठको घर तलासी गर्दा उक्त गाँजा फेला पारेको थियो। श्रेष्ठ हाल फरार रहेको प्रहरीले जनाएको छ।
गाँजा किनबेच गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले धनुषा कमला नगरपालिका-८ का ३३ वर्षीय सञ्जीव मण्डल लगायत तीन जनालाई पक्राउ गरेको छ।